×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ३ दिन कैद र ८ लाख जरिवाना

PRIME CA
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, ३ दिन कैद र ८ लाख जरिवाना

२७ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला झापा दमक नगरपालिका वडा नं. ३ स्थाई बतन भई हाल काठमाडौं जिल्ला भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको मिति २०७९/०८/२३ गतेको फैसला अनुसार ८ लाख जरिवाना र ३ दिन कैद सजाय तोकिएपछि खतिवडा फरार रहेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले माघ २६ गते उनलाई शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खतिवडालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: