×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, को हुन् उनी ?

PRIME CA
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, को हुन् उनी ?

१ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटी बस्ने ५७ वर्षीय राम श्रेष्ठ पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको मिति २०७७/१२/२३ गतेको फैसला अनुसार ४ लाख जरिवाना, ७ दिन कैद र ८ हजार क्षेतिपुर्ति शुल्क भराउने फैसला भएसँगै उनी फरार रहेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले श्रेष्ठलाई माघ २९ गते काठमाडौं महानगरपालिका वडा नं. २२ सुन्धाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा फैसला कार्यान्वयनका लागी जिल्ला अदालत बबरमहल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: