काठमाडौं । युकेमा रोजगारी लगाइदिने भन्दै अनलाईन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । बिहार राज्य मोतिहारी जिल्ला रामपुरग्राम घर भई हाल काठमाडौंको कालिमाटी बस्ने सुदिश कुमार शाह र काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौंको कालिमाटी बस्ने सुनिता परियार पक्राउ परेका हुन् ।
उनीहरुले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई साथी बनाउँदै ठगी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आफु मलेसियाको नागरिक भएको र हाल युकेमा डेन्टिस पेशा गर्ने भन्दै पिडितहरुसँग मोबाइल नम्बर मागी ह्वाट्सएपमार्फत कुराकानी गर्ने गरेको पाइएको हो ।
यूकीमा हेल्थकेयर असिस्टेनमा राम्रो नोकरी लगाईदिने प्रलोभनमा पारी फोटो, पार्सपोर्ट, नागरीकता लगायतको व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिए पश्चात उनीहरुले सुनिता परियारको नाममा रहेको ग्लोबल आईएमई बैकको खाता न. ०६०७०१००१०१७२ मा २३ लाख रकम पठाउन लगाएका थिए ।
ठगी गरेको बारे ४ जनाको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान कार्य गर्दै जाँदा ठगी कार्यमा संलग्न २५ वर्षीय सुदिश कुमार साह र २७ वर्षीय सुनिता परियारलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्