काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा लघुवित्तको खुद नाफा ३५.६० प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले कमाएको ३३ करोड ४४ लाख ८१ हजार खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा आईपुग्दा ३५.६० प्रतिशतले घटेर ३१ करोड ५३ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा डिप्रोक्स लघुवित्तको खराब कर्जा पनि वृद्धि भएको छ । लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ३.७४ प्रतिशत पुगेको छ । त्यस्तै, गत आर्थिक वर्षमा २ करोड ५३ लाख २१ हजार रुपैयाँ रिभर्स रहेको लघुवित्तको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ४ करोड ८९ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि भारी गिरावट देखिएको छ । समिक्षा अवधिमा लघुवित्तको ईपीएस २६ रुपैयाँ ८१ पैसाले घटेर ३१ रुपैयाँ ०५ पैसामा झरेको छ । योसँगै लघुवित्तको खुद ब्याज आम्दानी पनि ९.१० प्रतिशतले घटेको छ भने सञ्चालन नाफामा पनि ३५.७७ प्रतिशतको गिरावट आएको छ । हाल लघुवित्तको प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ५१ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्