×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय राजदूतावासद्धारा नेपाल सरकारलाई २०० थान डायलासिस मेसिन हस्तान्तरण (फोटो-कथा)

PRIME CA

भारतीय राजदूतावासद्धारा नेपाल सरकारलाई २०० थान डायलासिस मेसिन हस्तान्तरण (फोटो-कथा)

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय दुतावासले नेपाल सरकारलाई डायलासिस उपकरण हस्तान्तरण गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमकाबीच भारतीय दूतावासले नेपाल सरकारलाई उपकरण हस्तान्तरण गरेको हो ।

‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि मृगौला डायलासिस मेसिन हस्तान्तरण’ कार्यक्रममार्फत दूतावासले नेपाल सरकारलाई २ सय वटा मेसिन उपलब्ध गराउने जानकारी दिएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावले स्वास्थ्यमन्त्री पदम गिरीलाई २० वटा मेसिन हस्तान्तरण गरेका छन् । बाँकीका मेसिन पनि छिट्टै उपलब्ध गराउने श्रीवास्तबले बताएका छन् ।

भारत सरकारबाट प्राप्त डायलासिस मेसिन आवश्यकताका आधारमा विभिन्न अस्पतालमा वितरण गरिने स्वास्थ्य मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिएकी छिन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: