×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगानाको सालिक बनाउँदै दुर्गा प्रसाईं !

PRIME CA
GLOBAL IME BANK

बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगानाको सालिक बनाउँदै दुर्गा प्रसाईं !

१० फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगानाको सालिक बनाउने बताएका छन् । मंगलबार आर्थिक मिडिया संचालक संघ (इमान)सँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । आफुलाई सफल व्यवसायी बनाउन बैंकर ढुंगानाले महत्वपूर्ण योगदान दिएको भन्दै उनले ढुंगानाको शालिक बनाउन अर्डर दिईसकेको बताएका हुन् ।

उनका अनुसार ढुंगानाको शालिक भारतको राजस्थानमा रहेका कालीगढलाई बनाउन दिइएको छ । केहि महिनापछि सो शालिक झापामा ल्याएर राखिंदैछ । ‘मैले बैंकर ज्ञानेन्द्र ढुंगानाको शालिक बनाउन लगाएको छु । उनको शालिक हाल राजस्थानमा बन्दैछ ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘शालिक तयार भएपछि झापामा ल्याएर प्रतिस्थापन गर्छु ।’

ऋणीले कुनै बैंकरको शालिक बनाएर प्रतिस्थापन गर्न लागेको सम्भवत: यो नेपालकै पहिलो घटना हो । ढुंगाना हाल नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले तत्कालीन नेपाल बंगलादेश बैंकमा ढुंगाना सीइओ हुँदा बैंकबाट ऋण लिएका थिए ।

आफ्नो अभियान बैंकविरुद्ध नभएको, बरु बैंकको गलत प्रवृतिविरुद्ध भएको बताउँदै प्रसाईंले ज्ञानेन्द्र प्रसाद ढुंगाना, ज्योति पाण्डे, पृथ्वी बहादुर पाण्डे लगायतका बैंकरप्रति आफ्नो सम्मान रहेकोसमेत बताएका छन् । ज्योति पाण्डे हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ हुन् भने पृथ्वी बहादुर पाण्डे हाल सोहि बैंकका अध्यक्ष हुन् ।

‘हो, हामीलाई बैंक चाहिन्छ, बैंकले नै मलाई यहाँसम्म पुर्याएको हो ।’ इमानसँग कुराकानीका क्रममा उनले भने- ‘म ज्ञानेन्द्र ढुंगाना, ज्योति पाण्डे, पृथ्वी बहादुर पाण्डे, मलाई यो ठाउँमा पुर्याउनेहरु हुन् ।’

उनीसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: