काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका मेनेजरले किस्ता तिर्न नसक्ने ऋणीलाई सुत्न बोलाउने गरेको संघीन आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्थाविरुद्धको महाअभियान नै सुरु गरेका प्रसाईंले यस्तो बताएका हुन् । आर्थिक मिडिया संचालक संघ (इमान)सँगको कुराकानी गर्दै उनले विशेषगरी लघुवित्तमा ऋणीहरुलाई टर्चर दिने काम बढी भएकोसमेत बताएका छन् ।
ऋण र किस्ताका नाममा बैंक तथा वित्तीय संस्थाको ज्यादति अत्याधिक भएको प्रसाईंको दाबी छ । विशेषगरी ग्रामिण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको आतंक झन् धेरै भएको बताउने उनले बैंकका मेनेजरले ऋणीहरुलाई अनैतिक काम गरेर भए पनि किस्ता तिर्न लगाएको दोहोर्याएका छन्।
‘हाम्रा दिदिबहिनीहरुलाई अनावश्यक टर्चर दिएर यी बैंक तथा लघुवित्तले मर्न बाध्य बनाएका छन् ।’, उनले भने, ‘मर्ने त मरिहाले, जिउँदै भएकालाई पनि ऋण तिर्न नसके मसँग सुत्न आउ भन्दै बोलाउँछन् ।’
प्रसाईंका अनुसार गाउँगाउँमा छिरेर लघुवित्त वित्तीय संस्थाहरुले मनपरी रुपमा ऋण बाँडेका छन् । तर, नियमन गर्नेले सही रुपमा नियमन गर्न नसक्दा अवस्था भयावह बन्दै गएको उनको भनाई छ ।
‘ऋणको किस्ता र ब्याज तिरेनन् भन्दैमा कसैले सुत्न आउ भन्न मिल्छ ?’, प्रसाईंले प्रश्न गर्दै भने, ‘यतिसम्म कि होटेल खोजिदिन्छौँ वेश्यावृत्ति गरेर किस्ता तिर भन्नेहरु पनि छन् । यो कतिसम्मको अमर्यादित र घृणित कार्य हो ?’
प्रसाईंले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ‘टाई लगाएका गुण्डा’को संज्ञासमेत दिएका छन् । टाई लगाएर ऋण र किस्ताका नाममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले शनिबार पनि कार्यालय खोलेर दुःख दिने गरेको बताउँदै प्रसाईंले गाउँगाउँका महिलाहरुलाई घर छोडेर जंगल भाग्न बाध्य बनाएको आरोप लगाएका छन् ।
बैंक तथा वित्तीय संस्थाको दादागिरीले सिमा पार गरेको र केही मुट्ठीभरका व्यापारीले देशको अर्थतन्त्र चलाएको आरोप लगाउँदै गरिब, निमुखालाई मर्न र महिलाहरुलाई वेश्यावृत्ति गर्न बाध्य बनाउने वित्तीय संस्थाविरुद्ध खह्रो रुपमा उत्रिने समेत प्रसाईंले चेतावनी दिएका छन् ।
एक युट्युबरसँगको अन्तर्वार्तामा लघुवित्तकि एक कर्मचारीले आफुलाई अनैतिक काम गरेर भए पनि ऋणको किस्ता तिर्न लघुवित्तका कर्मचारीले प्रेसर दिएको अभिव्यक्ति दिएकी थिइन् । प्रसाईले त्यसपछि हरेकजसो अन्तर्वार्तामा सो भिडियोको प्रसङ्ग झिक्ने गरेका छन् ।
उनीसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्