×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

टर्की र सिरियामा महाभूकम्पको असरः हजारौँको मृत्यु हुँदा सयौँ बेपत्ता, उद्धारमा कठिनाई, जनजीवन प्रभावित (फोटो-कथा)

काठमाडौं । टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्प जाँदा एक हजार ९०० भन्दा बढीले ज्यान गुमाएका छन् । उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली गाजियान्टेप नजिक केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्यूडको भूकम्पले टर्की र सिसियाको जनजिवन प्रभावित बनाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारको काम जारी रहेको छ । अझै पनि सयौँको संख्यामा नागरिक बेपत्ता रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पमा परि टर्कीका दुई हजार ८३४ भवनमा क्षति पुगेको छ भने क्षतिको थप विवरण भने आउन अझै बाँकी रहेको छ । भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले हिमपहिरोका कारण खोज तथा उद्धार कार्यमा कठिनाइ भएको छ ।

टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका पीडितका लागि हाल संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: