काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मान गरेको छ । नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।
समारोहमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार इसेवा मनि ट्रान्स्फरको सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट ग्रुप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समपर्ण गरेका थिए । उनले विदेशमा रहेका नेपालीहरूको माया र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिएका थिए । साथै उनले इसेवा मनि ट्रान्स्फरलाई छनौट गरी पुरस्कृत गरेकोमा म्यानलाई समेत धन्वयाद ज्ञापन गरेका थिए ।
बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागि रहेका अजेश कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहेका छन् । इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ भने विश्वका दुईसयभन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशत भन्दा बढि रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको छ ।
डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको जनाएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्