×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजिटल रेमिट्यान्स् प्रबर्द्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का यूएई जाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिजिटल रेमिट्यान्स् प्रबर्द्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का यूएई जाने

Artha Sarokar

३ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् यूएई जाने भएकी छन् । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत जिजिटल रेमिट्यान्स्लाई प्रबर्द्धन गर्ने उदेश्यले अल अन्सारी एक्सचेन्ज र ईसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन यूएई जान लागेकी हुन् ।

अभिनेत्री खड्का १८ फेब्रुअरीमा अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुनेछिन् भने १९ फेबु्रअरीमा सेन्ट्रल मल शाखामा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चालनमा हुने कार्यक्रममा सहभागी हुनेछिन् । यस्तै दुबईस्थित अल घुराइर मलमा १९ फेब्रुअरीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछिन् । उनले डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी २० फेब्रुअरीमा आबुधावीस्थित हमदान शाखामा दिउँसो ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा उनी सहभागी हुनेछिन् । अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स यूएईको सबैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले इसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश ” योजना सञ्चालन गरिरहेको छ ।

अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले यूएईमा आफूले सकेसम्म धेरै नेपालीसँग भेट्ने आकांक्षा रहेको बताइन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी