Skip to content
LAXMI SUNRISE BANK

रुस-युक्रेन युद्ध : युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसका बैंक र व्यापारीमाथि ईयूले लगायो प्रतिबन्ध

अर्थ सरोकार

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली संघ (ईयू) ले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ । युक्रेनमा रुसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र संगठनलाई लक्षित गरी रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै ईयूले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको हो ।

‘यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरुलाई लक्षित गरिएको छ । रुसका केही ठूला बैंकहरुसँगको कारोबार पनि प्रतिबन्धित छ ।’, ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ- ‘सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रुसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो ।’

ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरु धेरै आन्तरिक कलह पछि युक्रेनमा रुसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK