काठमाडौं । फागुन शुक्ल अष्टमीका दिन (मंगलबार) बसन्तपुरस्थित हनुमानढोका दरबारअघि फागुको चीर ठड्याइएपछि विधिवत्रूपमा फागु पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन बिहान चीर ठड्याएपछि उपत्यकामा फागु पर्व सुरु गर्ने परम्परा छ । हनुमानढोका दरबार क्षेत्रमा मानन्धर समूहले चीर ठड्याउने परम्परा छ ।
राजधानीलगायत पहाडी जिल्लामा फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागुपर्व हर्षोल्लासका साथ मनाइन्छ । चीर ठड्याइएसँगै वसन्तपुरमा रङ्गीविरङ्गी रङ्ग खेली मानिसले खुसी मनाएका थिए । फागुन शुक्ल पूर्णिमाका दिन बेलुकी उक्त चीर ढालिन्छ । यसका लागि पनि समितिले शुभसाइत निर्धारण गरिन्छ । पूर्णिमाकाकै दिन राति चीर घिसारेर टुँडिखेल लगी जलाएपछि फागु पर्व सकिन्छ । यस वर्ष पहाडी जिल्लामा फागुन २२ गते सोमबार र तराईका जिल्लामा फागुन २३ गते मङ्गलबार फागु पर्व मनाइँदै छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्