काठमाडौं । भारतको उत्तरपूर्वी क्षेत्र र नेपालबीचको कनेक्टिभिटी परियोजनाहरूको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम (नेडफी) र महासंघ बीच भेटवार्ता भएको छ ।
मंगलबार भएको भेटवार्तामा महासंघका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जेएनयुका वरिष्ठ प्राध्यापक एवं नेपाल सम्बन्धी जानकार महेन्द्र पी. लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी रहेको थियो ।
बैठकमा दुई देशबीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरूबीच क्षेत्रीय मूल्य श्रृंखलाको विकासका सम्भावनाहरू बारे पनि सो अवसरमा छलफल भएको थियो ।
छलफलमा दुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकाहरूमा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयात/निर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नेपाल भारतबीच विशिष्टिकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधै भारतीय सहयोगको अपेक्षा गरेको बताए । दुई देश बीचको व्यापारिक नाकाहरूको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैची, अदुवा लगायतका नेपाली कृषि उत्पादनहरू भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुपर्ने गोल्छाले सुझाव राखे ।
कृषि उत्पादनको परीक्षणका नाममा गैह्र भन्सार अवरोध श्रृजना गरिदा नेपाली निर्यातकर्ताहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको पनि उनले बताए। अहिले भारतले गहुँ निर्यातमा प्रतिवन्ध लगाउँदा नेपाली उद्योगहरू समस्या परेको पनि जानकारी गराए । नाकाहरू अत्यन्त कमजोर रहँदा नेपालको पारवहन/ढुवानी खर्च अत्यन्त महंगो हुन जाँदा भारत सहित तेस्रो मुलुुकका बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाइ भएको अध्यक्ष गोल्छाले स्पष्ट पारे ।
नेपाली उत्पादनहरू भारतीय बजारका साथै बंगलादेश लगायत तेस्रो मुलुकमा सहज निकासीमा भारतीय पक्षबाट सहयोग हुनुुपर्ने, निर्यात नाकाहरूको विस्तार तथा स्तरीकरणमा सहयोग हुन सो अवसरमा आग्रह गरे । अध्यक्ष गोल्छाले यसअघि जस्तो सुकै अवस्थामा आपसी व्यापार भएपनि अवको समयमा क्षेत्रीय सन्निकटता (कनेक्टिभीटी) लाई विस्तार गर्दै आर्थिक गतिविधि, लगानी प्रवद्धर्न स्मार्ट तरिकाले गर्नुपर्ने सुझाव दिए ।
उनले सो अवसरमा आगामी मार्चमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन हुने बताए । पूर्वाधार विकासमा ठूलो मात्रामा भारतीय लगानीको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको पनि बताए । महासंघले नेपाल, भारत सहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरी छिट्टै सुुझाव पेश गर्ने पनि नेडफीको प्रतिनिधिमण्डलाई जानकारी गराए ।
नेडफीले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषि सम्वद्ध परियोजनाहरू स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमहरूलाई वित्तीय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भनि अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेडफीका अध्यक्ष मुर्तीले जानकारी गराए ।
जेएनयुका वरिष्ठ प्राध्यापक लामाले दुबै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्त रूपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरू नेपाल भ्रमणमा आएको उनले स्पष्ट पारे ।
उनले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाका लगायत थप अन्य नयाँ नाकाहरू खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुझाव दिए । यसले ताप्लेजुङ, पाथीभरा, सिक्किम सहित त्यस क्षेत्रका अन्य जिल्लाहरूलाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्