×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महासंघद्वारा टर्कीका भुकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महासंघद्वारा टर्कीका भुकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण

Artha Sarokar

३ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मित्रराष्ट्र टर्कीमा हालै गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन् ।

सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी