काठमाडौं । ग्राण्डी अस्पतालले बिरामीको उपचारमा हदैसम्मको लापरवाही गरेको पाइएको छ । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा पत्थरीको अपरेशनका लागि पुगेका बिरामीको उपचारमै अस्पतालले लापरवाही गरेको पाइएको हो ।
केही दिन अघि ६५ वर्षीय गणेश कुमार जलान ‘गल ब्लाडर’ (पत्थरी)को अपरेशनका लागि ग्राण्डी अस्पताल पुगे । तर, अस्पतालको लापरवाहीका कारण अहिले उनी आईसीयसुमा छन् ।
सामान्य अपरेशन गरेर समाधान हुने विषयमा अस्पतालको लावरवाहीका कारण बिरामीको अवस्था झनै गम्भीर बनेको बिरामीका छोरा अंकित जलानले बताएका छन् । ‘हामी बुवाको पत्थरीको अपरेशनका लागि ग्राण्डी अस्पताल गएका थियौँ । प्रि-अपरेशन अघि बिरामीलाई एनेस्थेसिया गर्नुपर्छ । तर, बिरामीको अवस्था मुल्यांकन नै नगरी अस्पतालले एनेस्थेसिया गर्यो ।’, बिरामीका छोरा अंकितले अर्थ सरोकारसँग भने- ‘बिरामीको मुल्यांकन नै नगरी एनेस्थेसिया गर्दा बुवालाई सास फेर्न गाह्रो भयो । सास फेर्न सहज होस् भन्नका लागि घाँटीमा प्वाल पारियो तर त्यसमा पनि अस्पताल असफल भएपछि बुवालाई भेन्टिलेटरमा राखेको छ ।’
अंकितका अनुसार तीन दिन भेन्टिलेटरमा राखेर अस्पतालले गणेश (बिरामी)लाई हाल आईसियुमा राखेको छ । तर, त्यहाँ पनि अस्पतालको लापरवाही अत्याधिक भएको अंकितले बताए । ‘आईसियु त संवेदशिल क्षेत्र हो नि, तर त्यहाँ न उपचार राम्रो छ न हेरचाह’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘आईसियुमा समेत हेरचाह गर्ने मान्छे हुँदैनन् । शौचालय जाँदा पनि हात समाउने मान्छे नहुँदा बुवा एक्लै उठेर जानुभएछ । त्यतिबेलासम्म पनि कोही आएनन् । हदै भएपछि बुबा आईसियुबाट बाहिर निस्किएर अर्को अस्पताल जान्छु भन्दै लिफ्टमा पुगेपछि मात्रै नर्सहरु आएका हुन् । अब यस्तो अस्पतालमा बिरामीको उपचार कसरी गर्ने ?’
अस्पतालले बुवाको अपरेशनका क्रममा लापरवाही गरेको मौखिक रुपमा स्वीकार गरे पनि लिखित रुपमा भनै कुनै पनि प्रक्रिया अघि नबढाएको बिरामीका छोरा अंकित जलानले बताएका छन् । ‘अस्पतालले हामीले गल्ती गर्यौं भनेर मौखिक रुपमा भनेको छ तर लिखित रुपमा केही बोल्दैन ।’ उनले भने- ‘बिरामी बाहिर लान्छौँ भन्दा लैजान दिँदैन, तर सर्भिस पनि राम्रो छैन, बिरामी बचाउँछ भनेर कसरी विश्वास गर्ने ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्