काठमाडौं । बिहीबार बिहान कांग्रेस नेता चन्द्र भण्डारीको घरमा रहेको खाना पकाउने ग्याँस लिकेज भएर भण्डारी गम्भीर घाइते भएको र उनकी आमाको निधनको खबरले सारा देशमा सन्नाटा छायो । काठमाडौंको बुद्धनगरस्थित सांसद चन्द्र भण्डारीको घरमा प्रयोग भएको ग्याँस सिलिण्डर दुई महिना अघि भरिएको थियो । राजधानी नामक कम्पनीको उक्त ग्याँस भण्डारीले दुई महिना अघि नजिकैको लुम्बनी मार्टबाट साटिएको खुलेको छ ।
यो घटनामा ग्याँस लिकेज भएको हो वा सिलिण्डर पड्केको हो भन्ने विवरणमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थल हेर्दा सांसद भण्डारी र उनको आमाबाहेक घरका अन्य कुनै पनि संरचनामा आगो लागेको छैन भने धुवाँको कालो समेत भान्सामा देखिंदैन । यसले घटना ग्याँसको लिकेजका कारण भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर भान्सा छिर्ने काठाको ढोका चिरिएको छ, भान्सा सामुन्नेको आमा सुत्ने कोठाको झ्याल र प्यासेजमा रहेको बत्तीको सिसा फुटेको छ भने भान्सा नजिकै बाहिरपट्टीको सानो स्टोरको छाना उडेको छ र ढोका पनि चर्केको छ । यसले केही नपड्की यस्तो कसरी हुन सक्छ र भन्ने आशंका जन्माएको छ । फेरि यता भण्डारीकी भाइ-बुहारीका अनुसार ग्याँसको, सिलिण्डरबाट रेगुलेटर छुट्टिएको थिएन भने चुल्हो र ग्याँसको पाइप पनि सामान्य अवस्थामै थियो । मान्छे नै मर्ने र झ्यालका सिसा फुट्नेगरि भको घटनामा ग्याँसको पाइपसमेत सग्लो कसरी भयो भन्ने प्रश्न पनि उब्जेको छ ।
सांसद भण्डारीको भान्सामा प्रयोग भएको राजधानी ग्याँसको रिफिलिङ उद्योग धादिङको धार्केमा छ । ग्याँस कम्पनीका सञ्चालक नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्षसमेत रहेका व्यवसायी कुश मल्लीले संचालन गर्ने यो ग्याँस उध्योगको कमजोरी हो वा उपभोक्ताको लापर्वाही, यो अनुसन्धानको पाटो हुन सक्छ, तर तपाईको घरमा पनि राजधानेव ग्याँसका सिलिण्डर छन् भने अब होसियार हुनैपर्ने देखिएको छ ।
उता बिहीबार नै दाङमा पनि ग्याँसको सिलिण्डर पड्केको खबर छ । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराकी ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भई हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन् । यसले पनि अब बम झैँ रहेका किचेनका सिलिण्डरको प्रयोगमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
आखिर ग्यास सिलिन्डर बिस्फोट हुने कारणहरु के के हुन् त ? ती कारण हुन् :
१.सिलिन्डर भित्रको बढी प्रेसर
२.सिलिन्डर पुरानो हुनु
३.सिलिन्डरको जाँच गर्ने सिस्टम् नहुनु
४.रेगुलेटरको रबर लुज हुनु
५.PVC पाइपबाट लिकेज हुनु(मुसाले काटेर, पुरानो भएर, घस्रेर)
६.लिकेज भैसके पछी-आगोको झिल्को पाउनु, बत्तीको स्विच अन गर्नु
अव यस्ता घटनाबाट जोगिन के गर्नुपर्छ त ?
१. खाना पकाइ सके पछी सिलिन्डर को रेगुलटर बन्द गर्नु पर्छ ।
२. सिलिन्डरमा आगलागी सुरु भै सके पछी १०-१५ मिनेट समय हुन्छ बिस्फोट हुनु अघि त्यो समयमा नै निम्न उल्लेखित कार्य गर्न सकियो भने बिस्फोट लाई रोक्न सकिन्छ
-यदि पाइपमा आगो लाग्यो भने: एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिन पछी रेगुलेटर बन्द गरिदिने
-यदि रेगुलेटरमा आगो लागेको छ भने: एउटा बोरा वा कपडा पानीमा भिजाएर सिलिन्डरलाई छोपिदिने अनि एक छिन पछी रेगुलेटर नै झिकिदिने
-यदि सिलिन्डरमै लिकेज भएको छ र आगलागि भै रहेको छ भने: सकिन्छ भने वा माथी उल्लेखित समय छ भने सिलिन्डरलाई बोकेर बाहिर लैजाने वा कोहि नभएको स्थानमा लैजान कोसिस गर्ने त्यो पनि गर्न सकिने अवस्था छैन भने आफू लागाएत सबै परिवार सकेसम्म छिटाे बाहिर निस्कने र दमकल र प्रहरीलाई खबर गर्ने
अर्को विशेष कुरा के ख्याल गर्नुपर्छ भने तपाईँको ग्यास सिलिण्डरको म्याद एक्सपाएर भएको त छैन? भन्ने हेक्का राख्नुपर्छ । सिलिण्डरको अन्तिम मिति सिद्धिएपछि त्यसलाई कदापी प्रयोग गर्नुहुँदैन।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने सिलिण्डरको माथिको गोलो ह्याण्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डण्डी हुन्छ। त्यही डण्डीमा यसको एक्सपायरी मिति पेन्ट गरिएको हुन्छ। डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।अक्षरले एक्सपाइर हुने महिनालाई र अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।
A लेखिएको छ भने जनवरी देखि मार्च ।
B लेखिएको छ भने अप्रिल देखि जून।
C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबर देखि डिसेम्बर।
यो तस्बिरमा उल्लेख गरिएको नमूनामा C.13 लेखिएको छ अर्थात् सन् २०१३ को जुलाई देखि सेप्टेम्बरसम्मको एक्सपायरी मिति छ भनेको हो । त्यसैले, ग्याँस किन्दा अन्तिम मिति हेरेर मात्रै सिलिण्डर लिनुहोला। आफै सचेत हुनुहोला।
अर्को कुरा कठै मेरो देश, जहाँ मान्छे जल्दा उपचार गर्ने एउटा राम्रो अस्पताल पनि नहुनु हदैसम्मको दुखद् विषय होइन र ? आखै अघि जलेर आमाको मृत्यु, आफुलाई पोलाईको त्यो असह्य पीडामाथि देशमा गतिलो उपचार नहुनुको पीडा । डाक्टर र साथीभाईले बिदेश जानै पर्छ भन्छ । अनि उ कसरी देशप्रती सतुष्ट हुन सकोस् । सके बिदेश जा नसके मर। आखिर यो नियती कहिलेसम्म ?
अर्को महत्वपूर्ण कुरा भनेको ग्याँससम्बन्धी सचेतना हुनुपर्ने जति छैन । एउटा ग्यास सिलिण्डरको आयु १० वर्ष हुन्छ । १० वर्षपछि सिलिण्डरको ‘हाइड्रो स्टाटिक्स’ जाँच हुन्छ । यो भनेको सिलिण्डरमा ग्यासको दबाव भन्दा बढी पानी राखेर जाँच गरिन्छ । यो जाँचमा पास भएपछि सिलिण्डर फेरि पाँच वर्ष प्रयोग गर्न मिल्छ । तर के अहिले यहि भईरहेको छ त ? यसलाई देशको कुन निकायले हेरिरहेको छ ?
ग्यास सकिएपछि घोप्टो पार्ने, ढल्काएर बाल्ने गर्दा पनि सिलिण्डर विस्फोट हुने खतरा हुन्छ । सिलिण्डरमा ८५ प्रतिशत लिक्विड र १५ प्रतिशत ग्याँस हुन्छ । सिलिण्डर घोप्टो र ढल्काएर बाल्ने गर्दा सिलिण्डरको मुखमा लिक्विड जम्मा हुन्छ । अनि ग्याँसको बाटो छेकिन्छ । यस्तोमा अगलागी हुने र विस्फोट हुने खतरा हुन्छ । तर यस विषयमा जनचेतना कहाँ छ ? सोचनीय विषय छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्