Skip to content
LAXMI SUNRISE BANK

पुर्वाञ्चल ल्यूव आयलले ५ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्य बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

सेयर निस्काशन गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७९ माघ १८ गते बुधबार सम्पन्न भएको थियो ।  सम्झौतामा पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन्।

सुन्दरहरैचा ०९, मोरङ, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारी रही बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्यु्रबीकेन्टलाई प्रतिष्थापन गर्दे नेपालको हाल एक अग्रणी ल्यु्रबीकेन्ट कम्पनी रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विभिन्न प्रकारका पीएलओ ब्राण्डको ल्यु्रबीकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK