×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागी आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले फागुन ११ गते देखि जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

जसअनुसार लघुवित्तले प्रतिकित्ता १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर निष्काशन गरेको छ । सो मध्ये १० प्रतिशत अर्थात् २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरिसकेको छ । त्यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार १ सय १७ कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

बाँकी रहेको १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम रहेको जाउँछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: