×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

खल्तीले ल्यायो मेम्बरसिप योजना, ग्राहकहरूले खल्ती प्रो र खल्ती क्लबबाट २ गुणा बढी फाइदा लिन सक्ने

BIZBAZAR

काठमाडौं । खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती प्रो र खल्ती क्लब नामक सब्क्रिप्शन प्लान सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले विशेष अफरहरूको मजा लिन खल्ती प्रो वा खल्ती क्लब मध्ये कुनै एक वार्षिक रोज्न सक्ने जनाएको छ ।

खल्ती क्लब एउटा सब्क्रिप्शन प्लान हो जहाँ प्रयोगकर्ताहरूले मात्र रु. ३९९ ( कर सहित) को मेम्बरसिपमा चलचित्र र इभेन्टको टिकटमा रु १००० सम्म क्यासब्याक साथै अन्य अफरहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरि ‘खल्ती प्रो’ अर्को सब्सक्रिप्शन प्लान हो जहाँ खल्ती प्रयोगकर्ताहरूले मात्र रु. ५९९ (कर सहित) को मेम्बरसिपमा थप विशेष र अतिरिक्त फाइदा लिन सक्नेछन् ।

खल्ती प्रयोगकर्ताहरूले यी दुई मध्ये कुनै एक योजनाको मेम्बरसिप लिन सक्ने कम्पनीले जनाएको छ । यो सब्क्रिप्शन प्लान १ वर्षलाई लागु हुनेछ । तर, खल्ती प्रो को मेम्बरसिप सब्सक्रिप्शन छनौट गर्नेहरूले खल्ती क्लबभन्दा बढी विशेष अफरहरू प्राप्त गर्नेछन् । एक वर्षमा ‘खल्ती मेम्बरसिप’ सदस्यले पनि सामान्य खल्ती प्रयोगकर्ताभन्दा दोब्बर खल्ती पोइन्टहरु र ब्लुबुक नवीकरण सेवामा रु. १०० को छुट पनि पाउने खल्तीले जनाएको छ । चलचित्र र इभेन्ट प्रेमी प्रयोगकर्ताहरूलाई आकर्षित पार्दै थप अफर उपलब्ध गराउने विचारका साथ खल्ती क्लब सुरु गरिएको हो ।

त्यसैगरि, ‘खल्ती प्रो’ प्रयोगकर्ताले धेरै विशेष सुविधाहरू प्रदान गर्नेछन्, जस्तै: सेल्फ (मोबाइल टपअपमा २५ क्यासब्याक, आफ्नो बैंक खातामा नि:शुल्क पैसा पठाउने, चलचित्र र इभेन्टको टिकटमा रु. १००० सम्मको क्यासब्याक, भुक्तानीमा डबल खल्ती पोइन्टहरू, अन्य बैंकहरूमा नि:शुल्क पैसा पठाउन मिल्ने (महिनामा ५ पटक) र अन्य धेरै विशेष छुट र अफरहरु रहेको छ ।

खल्ती प्रो प्रयोगकर्ताहरूले अब सामान्य खल्ती प्रयोगकर्ताहरूले जस्तै अफरको प्रतीक्षा नगरी अत्यधिक फाइदा लिन सक्नेछन् । यो सदस्यता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती मेम्बरसिप सुरु गर्नु भनेको हाम्रा प्रयोगकर्ताहरूलाई थप विशेष र प्रिमियम सेवाहरू उपलब्ध गराउनलाई हो । खल्तीको छैठौं वार्षिकोत्सव मनाउँदै, हामीलाई सधैं माया र प्रशंसा गर्ने प्रयोगकर्ताहरूका लागि यस मार्फत थप विशेष फाइदाहरु ल्याउने प्रयाश गरेका छौँ ।’

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal