काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इएमआई डन-१०० % रिटर्न’ अफर पूनः ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यासब्याक (रू.५,००० को अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् ।
यस अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट, स्याकार होन्डा र एमएडब्लु इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड मध्ये कुनै एकको इएमआई भुक्तानी गर्न सक्नेछन् । यो अफर २०८० साल बैशाख १ गतेसम्म मान्य हुनेछ जसमा कुल ८ जनाले १०० प्रतिशत क्यासब्याक जित्न सक्नेछन् ।
यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,’प्रविधिको परिवर्तन संगै बढ्दो डिजिटाइजेसनको आवश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न क्षेत्रको सुबिधा उपलब्ध गराउदै आएका छौं । खल्तीमा भएको इएमआई सुविधालाई व्यापक प्रयोगमा ल्याउन साथै डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न हामीले यो अफर पुनः उपलब्ध गराएका हौँ।’
यसका साथै ‘खल्ती’को अर्को ठुलो अफर जस मध्ये खल्ती मार्फत फ्लाईट बुकिङ गरेका भाग्यशाली बिजेतालाई रु.१ मा फ्लाईट टिकट र ‘वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गर्दै आएको छ ।
हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्