×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘द भ्वाइस किड्स सिजन २’ फागुन २६ गतेदेखि, भोटिङ पार्टनरमा ‘खल्ती’

PRIME CA
GLOBAL IME BANK

‘द भ्वाइस किड्स सिजन २’ फागुन २६ गतेदेखि, भोटिङ पार्टनरमा ‘खल्ती’

१२ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ‘द भ्वाइस किड्स सिजन १’ र ‘द भ्वाइस सिजन ४’ सफलतापूर्वक सम्पन्न गरिसकेपछि खल्तीले ‘द भ्वाइस किड्स-सिजन २’ सँग एक्सक्लुसिभ भोटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।

कार्यक्रम फागुन २६ बाट हिमालय टीभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ । अघिल्ला वर्षहरुमा यो कार्यक्रमले पहिले नै दर्शकहरुको ध्यानाकर्षक गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ । यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोच/निर्णायक रहने भएका छन् ।

यसैबीच यो सिजनका लागि नयाँ कोच गायक सुशान्त केसी पनि रहेका छन् । द भ्वाइस एक अन्तर्राष्ट्रिय रियलिटी टेलिभिजन गायन प्रतियोगिता फ्रान्चाइजी हो । जसले देशभरका दर्शकको मन जितेको छ । कार्यक्रमले युवा र प्रतिभाशाली गायकलाई आफ्नो सीप प्रदर्शन गर्न र उत्कृष्ट गायकको शीर्षकका लागि प्रतिस्पर्धा गर्न प्लेटफर्म प्रदान गर्दछ । २०७४ मा नेपालमा ‘द भ्वाइस नेपाल’ नाममा अन्तर्राष्ट्रिय गायन प्रतियोगिताको फ्रेन्चाइज सुरु भएको थियो ।

‘द भ्वाइस नेपाल’ का चारवटा सिजन र ‘द भ्वाइस किड्स’ को एउटा सिजनको सफलतापछि ‘द भ्वाइस किड्स’ को दोस्रो सिजनतर्फ अघि बढिरहेको छ। खल्ती सन् २०७८ देखि द भ्वाइस नेपालसँग २ सिजन र द भ्वाइस किड्स सिजन १ का लागि विशेष साझेदार बनिसकेको छ ।

द भ्वाइस किड्स-सिजन २ हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । कार्यक्रम ब्लाइन्ड अडिसनबाट सुरु हुनेछ । त्यसपछि ब्याटल राउन्ड, लाइभ राउन्ड र फाइनल राउन्ड हुनेछ। भोटिङ लाइन लाइभ राउन्डबाट खुला हुनेछ र प्रयोगकर्ताले खल्ती एप प्रयोग गरी आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन् ।

साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी ‘द भ्वाइस किड्स नेपाल’ सँग अर्को साझेदारी गर्न पाउँदा र खल्ती डिजिटल वालेटमार्फत आम दर्शकलाई डिजिटल भोटिङको सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ । अघिल्लो सिजनको तुलनामा यो शो अजै धेरै सफल हुनेमा म विश्वस्त छु। म सबैलाई खल्ती डाउनलोड गर्न र आफ्नो मनपर्ने प्रतियोगीलाई निर्बाध रुपमा भोट गर्न तयार हुन अनुरोध गर्दछु ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: