Skip to content
LAXMI SUNRISE BANK

खल्ती र गुडविल फाईनान्सबीच सम्झौता, खल्तीमा बैंक लिंक गरी ६० हजारभन्दा बढी ठाउँमा भुक्तानी गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । खल्ती र गुडविल फाईनान्सबीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतासंगै खल्ती प्रयोगकर्ताले गुडविल फाईनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाईनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुबिधाहरू उपलब्ध भएको छ ।

गुडविल फाईनान्सका प्रयोगकर्ताले यस सुबिधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन् । साथै, गुडविल फाईनान्स खाता खल्तीमा लिंक गरी खल्ती लोड गर्ने झन्झट बिना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । खल्तीमा बैंक लिंक गरे पश्चात खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटीनेछ ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘वित्तीय समावेशीकरणको हाम्रो भिजन बलियो बनाउन हामी निरन्तर काम गरिरहेका छौं। हामीले विभिन्न वित्तीय संस्थाहरूसँग गरिरहेको साझेदारीले पक्कै पनि डिजिटल नेपालको अबधारणलाई साकार गर्ने कुरामा हामी बिश्वस्त छौं । यस सेवाले खल्ती प्रयोगकर्ता तथा गुडविल फाईनान्सका ग्राहकहरुले बिना कुनै झन्झट देश भरिका ६० हजार भन्दा बढी मर्चेन्टमा भुक्तानी तथा अन्य बित्तिय संस्था लाभान्वित हुनेछन् ।’

यसका साथै ‘खल्ती’को अर्को ठूलो फ्लाईट बुकिङ अफर अन्तर्गत हरेक दिन एक भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट र बम्पर उपहार स्वरूप वान प्लस ११ ’ जित्ने मौका पनि प्रदान गरेको छ। प्रयोगकर्ताले गुडविल फाईनान्सबाट पनि खल्ती लोड अथवा लिंक गर्दै फ्लाईट टिकट बुकिङको भुक्तानी गरी यस अफरमा सहभागिता जनाउन सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK