×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

मूल्य नपाएको विरोधमा किसानले सडकमा फालेको कुखुरा स्थानीयले उठाएर लगे, व्यवसायीहरु उल्टै ट्वाँ !

BIZBAZAR

काठमाडौं । बुधबार उचित मूल्य नपाएको भन्दै झापाका किसानले उत्पादित कुखुरा र अण्डा सडकमा फालेर विरोध गरे । बिचौलियाका कारण कुखुरा र अण्डा बिक्री नभएको भन्दै बिर्तामोडमा उनीहरुले कुखुरा र अण्डा सडकमै फालेर नाराबाजी गरे । एकैछिन माहोल तात्यो पनि । तर, केहीबेरमा दृश्य फरक देखियो ।

किसानले सरकारको विरोध गर्दै सडकमा फालेका कुखुरा स्थानीयले उठाएर लैजान थाले । सडकको बीचमा फालिएका कुखुरा किसानहरुकै अगाडी स्थानीयले भकाभक लैजान थालेपछि माहोल केही फरक बन्यो ।

विरोध गरेर फालिएका कुखुरा स्थानीयले उठाएर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् । जहाँ कतिपय स्कुले झोरा भिरेरै कुखुरा टिपेका देखिन्छन् भने कतिपयले सवारी साधन रोकेरै कुखुला लगेको देखिन्छन् ।

यो सब देख्दा अचम्म लागेको विरोधमा उत्रिएका एक किसानले बताएका छन् । ‘हामीले उचित मूल्य पाएनौँ भनेर कुखुरा र अण्डा सडकमा फालेर विरोध गर्यौं, तर स्थानीयले हामीले फालेका कुखुरा उठाएर लगे’, ती व्यवसायीले भने, ‘टन्नै कुखुरा फालेका थियौँ, चोकभरी कुखुरा थिए, एकैछिनमा खाली भयो । हामी हेरेको हेर्यै भयौँ ।’

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal