Skip to content
LAXMI SUNRISE BANK

‘लघुवित्त बचाउ अभियान’ सुरु हुँदै !

अर्थ सरोकार

काठमाडौँ । लघुवित्त बित्तिय संस्थाहरुले लघुवित्त बचाउ अभियान सुरु गर्ने भएका छन् । लघुवित्त बैंकर्स संघको नेतृत्वमा यस्तो अभियान सुरु हुन लागेको हो । पछिल्लो समय ऋणीहरुले किस्ता तिर्न छोडेको, र लघुवित्त खारेज हुनुपर्ने अभियान चौतर्फी रुपमा भुसको आगोसरी सल्किएपछि लघुवित्तहरुले यस्तो अभियान सुरु गर्न लागेका हुन् ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले आफुहरुले यस्तो अभियान सुरु गर्न लागेको पुष्टी गरे । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले अव सम्पूर्ण लघुवित्तले लघुवित्त बचाउ अभियानमा सहभागीता नजनाए स्थिति झन् भयावह हुने बताएका छन् । ‘हामीलाई चौतर्फी घेराबन्दी गरिएको छ । हाम्रा कर्मचारीहरुलाई किस्ता उठाउन व्यवधान खडा गरिएको छ । त्यसैले पनि अव हामीले लघुवित्त बचाउ अभियान सुरु गर्न लागेका हौँ ।’ शर्माले अर्थ सरोकारसँग भने, ‘समयमा नै सोचिएन भने स्थिति भयावह हुने डर भयो ।’

आफुहरु लघुवित्तका समस्याहरु एक एक गरी समाधान गर्न पनि तयार भएको स्थितिमा एकोहोरो सबै दोष लघुवित्तलाई लगाइएको उनको गुनासो छ । ‘सबै गल्ती लघुवित्तकै हो भनेजसरी प्रचारप्रसार गरिएको छ । यो केहि लघुवित्तप्रतिको प्रहार भन्दा पनि सिष्टमप्रतिको प्रहारका रुपमा हामीले बुझेका छौँ । त्यसैले हामीले पनि लघुवित्त बचाउ अभियानको सुरुवात गर्न लागेका हौँ ।’

एकाध लघुवित्तले गरेका गल्तीको सजाय सबै लघुवित्तलाई दिन नमिल्ने बताउँदै उनले ऋण लिएपछि तिर्नुपर्ने दाबी दोहोर्याएका छन् । ‘ ऋण लिएपछि तिर्नुपर्छ । ऋण तिर्नकै लागि लिईएको हो । ऋण मिनाहा हुनुपर्छ वा हुन्छ भन्ने कुरा सहि मान्न सकिंदैन । त्यसैले पनि हामी अव लघुवित्त बचाउ अभियानमा लागेका छौं ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK