काठमाडौं । फागुन १ गतेबाट सवारी लाचक अनुमति पत्र लिन ७० अंक ल्याए ट्रायाल परिक्षा उर्तिण हुने व्यवस्था गरिदै छ । दुर्घटनाबाट दैनिक ६ देखि ७ जनाको मृत्यु भइरहेपनि लाईसेन्स परिक्षालाई कसिलो बनाउनुको सट्टा झन् खुकुलो बनाउन लागिएको भन्दै कतिपयले बिरोध जनाएका छन् । यसैपनि दुर्घटना रोक्न नसकिरहेको बेला सवारी चालक अनुमती पत्र सिम कार्ड जसरी बाढ्न थालेपछि दुर्घटना बढ्ने सवारी विज्ञ बिमल बन्जाडे बताउँछन ।
‘यसै पनि सडकमा सवारीको नियमन हुन सकेको छैन’, बन्जाडेले भने, ‘सिम कार्ड जसरी लाईसेन्स बाडेर दुर्घटना बढाउन आफैँ उद्यत् हुनु सरकारको गैरजिम्मेवारीको पराकाष्टा हो । यो निर्णय तत्कालै सच्चाउन आवश्यक छ । नयाँ कार्यविधि जो कोही सजिलो पास हुन सक्छन् ।’
कसरी ?
टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंङ्क मात्रै घट्छ, पास भइन्छ ।
ट्राफिक संकेतको पालना नगरेमा १५ अंङ्क मात्रै घट्छ, पास भइन्छ ।
अस्वभाविक गतिमा वा अंसयमित रुपमा सवारी चलाएमा ३ अंङ्क मात्रै घट्छ, पास भइन्छ ।
जस्तोसुकै गम्भिर गल्ती गर्दा पनि सजिलै सवारी चालक अनुमती पत्र दिन सरकार किन हतारो गर्या छ। यसका पछाडी तीन वटा मूख्य कारण रहेका छन्ः
१. कर्मेचारीतन्त्रले समसामहिक सुधार गरेको भनेर राजनीतिक नेतृत्वलाई आँखामा छारो हाल्यो ।
२. नेपाल सरकारका सचिव सहसचिवहरुका छोरा छोरी पढ्नका लागि अमेरिका अष्ट्रेलिया जान ट्रयाल पास गर्न नसेर रातारात ७० अंकको व्यवस्था गरियो ।
३. ट्रयालबाट रकम खान पल्केका सरकारी कर्मेचारीले आफनो जतबिज अनुसार गर्न पाउनेछन् । सरकारी कर्मेचारीले सिम कार्ड जसरी विक्री गर्ने पाउँने ठाउँ भएको छ । यता ट्राफिक प्रहरीले नयाँ व्यवस्था कार्यान्वयन गर्ने अनिच्छुक देखिएको छ ।
ट्राफिक प्रहरी अनिच्छुक
ट्राफिक प्रहरीका केही उच्च अधिकृतले नयाँ व्यवस्थाले दुर्घटना बढाउने बताएपनि भौतिक मन्त्रालका सचिव सहसचिवहरुको दबाबमा लागु गर्न लागिएको छ । यस अघि बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले नागरिकको ज्यान संग खेलबाड गर्न कार्यविधि सच्चाउन माग गरेपनि कर्मेचारीले नमानेको बताइएको छ । हालै गठन भएको बागमती प्रदेश सरकारले वास्तविकता नबुझी वाहवाही पाउन कार्यान्वयन गर्ने अग्रसर भएको छ । यसको दुरगामी प्रभाव आगामी दिनमा देखिनेनै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्