×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा भिक्षु शिक्षामा अध्ययनरत १० जनालाई छात्रवृति प्रदान

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा भिक्षु शिक्षामा अध्ययनरत १० जनालाई छात्रवृति प्रदान

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जनालाई छात्रवृति प्रदान छ ।

कम्पनीले विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको हो । गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रबृत्ति प्रदान गरिएको इन्स्योरेन्सले जनाएको छ ।

उक्त कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरेका थिए ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एन.पि.प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति समेत रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: