काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १८औं साधारणसभा फागुन ११ गते काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सयरधनीहरुलाई कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको चुक्ता पुँजीको ६.९९ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने र सो बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने, गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड कायम रहने भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनीको सेयर आदान-प्रदान अनुपात १०० : ८० हुने गरी स्वाप रेसियो कायम गर्ने, बिस्तृत लेखापरीक्षण बापतको पारिश्रमिक अनुमोदन गर्ने, मर्ज भएपछिको कम्पनीमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जर लगायत कम्पनीको तर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।
सभाको औपचारिक कार्यक्रम सम्पन्न पश्चात कम्पनीमा १० बर्षभन्दा बढि सेवा गरेका कर्मचारीहरुलाई ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्