Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई चिरायू नेशनल अस्पतालमा विशेष छुट

अर्थ सरोकार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK