Skip to content
LAXMI SUNRISE BANK

नाडाद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सशक्तिकरणका लागि सहयोग प्रदान

अर्थ सरोकार

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सशक्तिकरणका लागि सहयोग प्रदान गरेको छ ।

नाडाले माघ २५ गते एक औपचारिक कार्यक्रमकाबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागी पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको थियो ।

साथै, नाडाले १०० थान ट्राफिक रिफ्लेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । कार्यक्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पर्किङका सम्बन्धमा के कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको थियो । सो अवसरमा नाडाका अध्यक्ष धुर्ब थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताएका थिए ।

सो कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको समेत बताएका थिए ।

त्यसै क्रममा सो कार्यालयका प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताएकी थिइन् । उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।

ट्राफिक कार्यालयका उच्चअधिकारीहरु समेतको उपस्थिति रहेको सो हस्तान्तरण कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK