काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गर्दै गत वर्षको तुलनामा खुद नाफा ५७.७० प्रतिशतले बढेको जनाएको छ ।
समिक्षा अवधिमा कम्पनीले कुल २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, नाफासँगै कम्पनीको खुद बीमा शुल्क पनि १०.८४ प्रतिशतले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको लगानी, कर्जा तथा अन्य आम्दानीमा पनि १९.५२ प्रतिशतले वृद्धि हुँदै २२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । आम्दानीमा सुधार भएसँगै कम्पनीको खुद नाफामा पनि सुधार देखिएको हो ।
यता समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार पनि १८.९५ प्रतिशतले बढेर ५६ अर्ब भन्दा माथि पुगेको छ । कम्पनीको रिजर्भ कोष भने ७३.६७ प्रतिशतले घटेर २६ करोड ६५ लाखमा सिमित भएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९० रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ७६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्