Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकउत्सव

अर्थ सरोकार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको ३५औं वर्ष पुरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकउत्सव मनाएको छ ।

इन्स्योरेन्सले वार्षिकउत्सवको अवसरमा कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । साथै, देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रमको आयोजना गरेको छ ।

त्यस्तै, कम्पनीले कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम समेत सम्पन्न गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको दावी गरेको छ ।संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको छ ।

कम्पनीले स्थापनाकाल देखि २०७९ साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.८५ अरब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कूल रु.२९ अरब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको जनाएको छ ।

वार्षिकउत्सवको अवसरमा कम्पनीले व्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK