काठमाडौं । नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाईन कारोबार मार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यन्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको शुरुवात गरिएको छ । माघ २५ गते एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र नागरिक लगानी कोषबीचको व्यवसायिक सम्बन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउदै बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले संचालन गरेका कार्यक्रमहरुलाई बैंकले सधै साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाईन कारोवारमा पनि सोहि बमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेका बताएका थिए ।
नेपालभर २२६ शाखाहरु, २०२ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्