×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्न चेम्बरको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

व्यवसायिक सुरक्षाको ग्यारेन्टी गर्न चेम्बरको माग

Artha Sarokar

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यातायात मजदुरहरुको प्रदर्शनको क्रममा काठमाडौंको बालाजुस्थित लोत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गर्दै सो घटनाका दोषीलाई अबिलम्व कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरुबाटै क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि नभएको उल्लेख गरेका छन् ।

व्यवसायमा लुटपाट, तोडफोड जस्ता घटनाले आतंक सिर्जना गरेको भन्दै चेम्बरले औद्योगिक एवं व्यवसायिक क्षेत्रहरुको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने माग गरेको छ । व्यवसायिक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरको ठहर छ ।

चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेत समेत गराएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी