×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको नाफा ४७.६५ प्रतिशतले बढ्यो

PRIME CA

नेपाल इन्स्योरेन्सको नाफा ४७.६५ प्रतिशतले बढ्यो

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल इन्स्योरेन्सको नाफामा आकर्षक वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा गत आर्थिक वर्षको तुलनामा ४७.६५ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले यस्तो नाफामा वृद्धि गर्दै १५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्कमा भने गिरावट आएको छ । यो अवधिमा कम्पनीको यस्तो शुल्क १० प्रतिशतले घटेर ३९ करोड १९ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ४३ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबापत ९ करोड ४३ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ४ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४७ करोड ७७ लाख र बीमा कोषमा ८२ कारोड ९८ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८२ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: