×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबीएल एस क्यापिटलद्वारा लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईबीएल एस क्यापिटलद्वारा लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन

Artha Sarokar

४ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अनतर्गत रहेको व्यवस्थित लगानी योजना (SIP) सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संचिप्त छलफल भएको थियो । उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरीएको थियो ।

यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी