काठमाडौं । एनआईसी एशिया बैंकले ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन्स डेको अवसरमा आफ्ना ग्राहकहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआइसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ ।
यो योजना बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ । २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकहरूले १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।
साथै, बैंकले यसरी कारोबार गर्ने मध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई भ्यालेन्टाइन्स डेको दिन अर्थात् २०७९ फाल्गुन २ गते तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकहरूको लागि उनिहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जनाएको छ ।
यस योजनामा मोबाइल बैंकिङ एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्