काठमाडौं । पछिल्लो समय विभिन्न क्षेत्र तथा सेवाहरुमार्फत आफ्ना ग्राहकलाई लक्षित गर्दै योजना सार्वजनिक गरिरहेको एनआईसी एशिया बैंकले बैंकका ग्राहकलाई नै लक्षित गर्दै किनमेलमा विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट दिने गरी सम्झौता गरेको छ ।
नेपाली बैंकिङ क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरि सो अफर सुरु गरेको बैंकले जनाएको छ । बैंकका अनुसार यसरी डिजिटल भुक्तानीमा छुटको व्यवस्था गरेसंगै भौतिक कारोबार निरुत्साहित हुनुका साथै दिजिताला भुक्तानीमा ग्राहकको उपस्थिति बढ्ने विश्वास गरिएको छ ।
सो सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यज्यूले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकमा खाता खोलेर मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्