काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी ‘एनआईसी एशिया फोनलोन’ सेवा शुभारम्भ गरेको छ ।
बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंक शाखामा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् । यस नयाँ सेवाबाट ग्राहकहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्नेछन् ।
साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकहरुको एनआईसी एशिया मोबैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । कर्जा लिन योग्य ठहरिएमा ग्राहकले एनआईसी एशिया मोबैंकमा लग इन गरी त्यहाँ उल्लेखित एनआईसी एशिया फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सकिनेछ ।
‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई एनआईसी एशिया मोबैंक प्लेटफर्ममार्फत अघि बढाइरहेको छ ।
जसअनुसार ग्राहक महानुभावहरूले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्