×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त भएका छन् । लघुवित्तको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राठी र भारी एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । फागुन ५ गतेदेखि नै लागू हुने गरी बाँकी कार्यकालका लागि राठी र भारीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

साथै, उक्त सञ्चालक समिति बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्ष चयन गरिएको छ । उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: