काठमाडौं । खल्तीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।
यस अफरअन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिंक गरी आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा रु. १०० को बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रयोगकर्तामध्ये ४ भाग्यशाली बिजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्सिक्रप्सन र बम्परमा स्मार्टफोन जित्ने मौका पाउने खल्तीले जनाएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकीकृतपछि बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नामबाट सञ्चालनमा ल्याएको हो । मेगा बैंकमा खाता भएका प्रयोगकर्ताले आफ्नो खाता लिंक गर्नुअघि मर्जरपछि बनेको बैंकको नयाँ खाता नम्बर लिनुपर्नेछ भने नेपाल इन्भेस्टमेन्ट बैंकको खाता रहेको प्रयोगकर्ताहरु यस बैंक लिंक गरी अफरमा सहभागी हुन मान्य भइसकेका छन् ।
रु. १०० बोनस खल्तीमा पहिलोपटक आफ्नो बैंक खाता लिंक गरी सो लिंक बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका सबै प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएको छ । त्यस्तै, खल्ती प्रोको सब्स्क्रिप्सन हरेक हप्ता ४ जना भाग्यशाली बिजेताले प्राप्त गर्नेछन् । यसका साथै बम्पर उपहारमा स्मार्टफोन जित्ने १ भाग्यशाली बिजेता रहनेछ । आफ्नो बैंक खाता खल्तीमा लिंक गर्नको लागि प्रयोगकर्ताको केवाईसी प्रमाणित हुनुपर्ने कम्पनीले जनाएको छ ।
उक्त अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालै एकीकृत भई सुरु भएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग हामीले साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ । यसमार्फत सबै प्रयोगकर्ताहरूलाई खल्तीको बैंक लिंक सुविधा प्रयोग गरी सहज र छिटो भुक्तानी प्रक्रिया अनुभव गर्न प्रोत्साहित गर्न चाहन्छौँ। यसका साथै प्रयोगर्तालाई डिजिटल भुक्तानी गर्ने बानी बसाउन पनि यो अफर लिई आएका छौँ ।’
एक पटक खल्तीमा बैंक लिंक भएपछि प्रयोगकर्ताले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी तथा इभेन्ट टिकट, बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानी सीधै र छिटै आफ्नो लिंक गरिएको बैंक खाताबाट गर्न सक्नेछन् । यसका साथै खल्ती प्रोको एक वर्षको सब्स्क्रिप्सन प्राप्त भएपछि प्रयोगकर्ताले निःशुल्क बैंक ट्रान्सफर, आफ्नो मोबाइल नम्बरमा टपअपमा २५, सिनेमा टिकटमा रु. १ हजारसम्मको बचत र बिलबुक नवीकरण सुविधामा रु. १०० को क्यासब्याकजस्ता अन्य थुप्रै अफर प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्