×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थानको नाफामा अस्वभाविक गिरावट, ईपीएस झनै २९ रुपैयाँले घट्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

PRIME CA

निर्धन उत्थानको नाफामा अस्वभाविक गिरावट, ईपीएस झनै २९ रुपैयाँले घट्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

२६ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । निर्धन लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गतवर्षको तुलनामा यसवर्ष लघुवित्त ६५ प्रतिशतले घाटामा गएको छ ।

गतवर्ष सोही अवधिमा लघुवित्तले ४९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने यसवर्ष भने सो नाफा घटेर १६ करोड ८५ लाख रुपैयाँमा सिमित भएको छ । जुन गत वर्षको तुलनामा ६५.८८ प्रतिशत कम हो । यसवर्ष लघुवित्तको आम्दानी र नाफा दुवै घटेको हो ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ९.०९ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.०१ प्रतिशतले घटेको छ । योसँगै लघुवित्तको इम्पेरमेन्ट चार्जमा भने अस्वभाविक वृद्धि भएको छ । समिक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ७१ लाखबाट बढेर ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि भारी गिरावट आएको छ । हाल लघुवित्तको ईपीएस २९ रुपैयाँ ६५ पैसाले घटेर १५ रुपैयाँ ३६ पैसामा झरेको छ । हाल लघुवित्तको वितरयोग्य मुनाफा १३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: