काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बिमा क्षतिपूर्ति रकम वितरण गरेको छ । लघुवित्तको शाखा कार्यालय धकधइको आयोजनामा रोहिणी गाउपालिका वडा नं. १ चनुलिमा ग्रामिण कर्जा बिमा क्षतिपूर्ति रकम वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
रोहिणी गाउपालिका स्थित चनुली गाउँमा आयोजित कार्यक्रममा शाखाको चनुली महिला समुहकी अध्यक्ष जडावती लोहारको प्रमुख आतित्थ्य र शाखाको लेखापाल सुरेश बहादुर थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर्मचारी दिपेन्द्र यादब र रेनु चौधरीले स्थानिय स्तरमा लघुवित्तको सामाजिक उत्तरदायित्व अन्तर्गतका सम्पुर्ण सुबिधाको बारेमा सहभागीहरुलाइ अबगत गराएका थिए ।
स्व. रसबुन निशाको छोरा एकलाख अहमद खानलाइ बिमा क्षतिपूर्ति रकम ६ लाख ५० हजार रुप्पैयाँ शाखा प्रमुख जिबुप्रकाश सुबेदीले केन्द्र प्रमुखको रोहबरमा वितरण गरेका हुन् । कार्यक्रममा सुबेदीले २०५० साल पौष १ गते शाखा स्थापना भइ शाखाले ३ दशक को अबधिमा धेरै सामाजिक कार्य गरिसकेको र अझै ग्राहकमैत्री सेवा दिन संस्था तत्पर रहेको चरम आर्थिक सन्कटको समयमा समेत ग्राहकमैत्री कार्यक्रम ल्यायको प्रकाश परेका थिए ।
साथै संस्थाले बिमा लगायत सुत्केरी पोसण उच्च शिक्षा छात्रवृत्ति गम्भीर रोग उपचार सहयोग प्राकृतिक प्रकोप राहत उद्दमशिलता सन्देश लघुउधम सीप बिकास कार्यक्रम लगायत ग्राहकमैत्री कार्यक्रम समय सापेक्ष ल्याउदै जाने बताएका थिए । कार्यक्रममा केन्द्र सदस्य लगायत स्थानिय बुद्दिजिबिको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्