×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले लन्च गर्यो क्रेडिट कार्ड किस्ता सुविधा, भुक्तानीलाई इएमआइमा रूपान्तरण गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनएमबि बैंकले लन्च गर्यो क्रेडिट कार्ड किस्ता सुविधा, भुक्तानीलाई इएमआइमा रूपान्तरण गर्न सकिने

Artha Sarokar

२५ माघ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा – इन्स्टा बाइ लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

यस सुविधाको साथ, ग्राहकहरूले न्युनतम ब्याजदरमा आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनौट गर्न सक्नेछन । इन्स्टा बाइ मार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि इएमआइमा रूपान्तरण गर्न सकिनेछ । यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हो ।

यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरी, प्रडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी