×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘लघुवित्तले १५% भन्दा बढी ब्याज लिए खबर गर्नू’- राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा खबर गर्न आग्रह गरेको छ । मंगलबार वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय लघुवित्तहरुले मनपरी ब्याज लिएको खबर विभिन्न सञ्चार माध्यममा आउन थालेसँगै राष्ट्र बैंकले यस्तो सूचना जारी गरेको हो । सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक-फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक-फरक भएको बताउँदै लघुवित्तको हकमा १५ प्रतिशतभन्दा बढी ब्याज नहुने राष्ट्र बैंकले जनाएको छ ।

‘लघुवित्त वित्तीय संस्थाहरुले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गरिएको छ । हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी छैन ।’- राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाईमा गुनासो दर्ता गर्न समेत आग्रहम गरेको छ । यस्तो छ राष्ट्र बैंकले जारि गरेको सूचना:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: