×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चरम आर्थिक संकटमा पाकिस्तान, उच्च अधिकारीको सम्पत्ति घोषणा गर्न आईएमएफको आग्रह

PRIME CA
GLOBAL IME BANK

चरम आर्थिक संकटमा पाकिस्तान, उच्च अधिकारीको सम्पत्ति घोषणा गर्न आईएमएफको आग्रह

२३ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई सत्रौँ तह र त्यसभन्दा माथिका सरकारी अधिकारीको सम्पत्ति घोषणा गर्न आग्रह गरेको छ । साथै आईएमएफले सत्रौँ तह र माथिका उच्च पदस्थ कर्मचारीका परिवारका सदस्यको सम्पत्ति अनिवार्यरूपमा घोषणा गर्न आग्रह गरेको छ ।

पाकिस्तानलाई आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा देशको वस्तुस्थिति बुझ्न तथा सरकारी अधिकारीहरूसँग वार्ता गर्न आएको आर्र्ईएमएफको टोलीले उक्त आग्रह गरेको दैनिक अखबार द नेसनले जनाएको छ । सरकारी टोलीसँग आईएमएफले आर्थिक नीति तथा वित्तीय सुधारका विषयमा विचारविमर्श गरिरहेको छ ।

सम्पत्ति घोषणाको प्रक्रिया सहज तुल्याउन कानुन कार्यान्वयन निकायलाई सम्पत्तिमा पहुँच दिने निर्देशिका तर्जुमा गरिनेछ । आईएमएफले स्थानीय मुद्राका लागि बजार निर्धारित विनियम दर, इन्धन अनुदान सहजतालगायत आर्थिक सङ्कटबाट पार लगाउने उपायसहित धेरै पूर्वशर्त अघि सारेको छ ।

हालै पाकिस्तानको केन्द्रीय बैंकले विनिमय दरको सीमा हटाएको छ भने सरकारले इन्धनको मूल्य १६ प्रतिशतले वृद्धि गरेको छ । भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आईएमएफको टोलीले त्यसनिम्ति कार्यदल गठन गर्ने सरकारी प्रतिबद्धता पूरा गर्न आग्रह गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: