×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा दयनीय बन्दै जनजीवन : चिनीको मूल्य प्रतिकिलो १७ सय, पिठो १२ सय ५० पुग्यो !

LAXMI SUNRISE BANK
GLOBAL

पाकिस्तानमा दयनीय बन्दै जनजीवन : चिनीको मूल्य प्रतिकिलो १७ सय, पिठो १२ सय ५० पुग्यो !

५ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चरम आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा महंगी आकाशिएको छ । आर्थिक मन्दीका कारण पाकिस्तानमा दैनिक उपभोग्य खाद्यान्नको मूल्यमा अस्वभाविक वृद्धि भएको हो ।

हाल पाकिस्तानको बाजरमा एक किलो चिनिको मूल्य १७ सय रुपैयाँ पुगेको छ भने पिठोको मूल्य १२ सय ५० रुपैयाँ पुगेको छ । चिया, दाल, पिठो, चामल र तेललगायतका दैनिक उपभोग्य खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि भएपछि अहिले पाकिस्तानको भान्सा महँगो बनेको छ ।

आर्थिक मन्दीका कारण जनजीवन प्रभावित बनेको पाकिस्तानमा अहिले चर्को महंगिका कारण नागरिक समस्यामा परेका छन् । पछिल्लो ६ महिनाको अवधिमा १० किलो पिठोको मूल्य ४ सय ५० रुपैयाँले बढेको पाकिस्तानको कराची शहरको मध्यभागमा रहेको महारानी बजारमा पसल चलाईरहेका जाहिदले बताएका छन् । उनका अनुसार पाकिस्तानमा पछिल्लो समय पिठोमात्र नभएर दैनिक उपभोग्य खाद्यान्न सबैमा मूल्य वृद्धि भएको छ ।

त्यस्तै, केही समय अघिसम्म मात्रै पाकिस्तानमा खाने तेल प्रतिलिटर ३ सय ८० रुपैयाँमा पाइन्थ्यो तर आर्थिक मन्दीको प्रभाव परेसँगै हाल पाकिस्तानमा खाने तेलको मूल्य ६ सय २० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

पहिला २८० रुपैयाँ किलोमा पाइने चनाको दालको मूल्य पाकिस्तानमा अहिले ४३० रुपैयाँ पुगेको छ । त्यस्तै, मासको दाल पहिला प्रतिकिलो ३२० रुपैयाँमा पाइन्थ्यो भने अहिले चार सय रुपैयाँभन्दा माथि पुगेको छ । चियापत्तीको मूल्य पनि पहिला १४ सय रुपैयाँ मात्र पर्थ्यो अहिले बढेर १७ सय रुपैयाँ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी