×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतबाट घटेर आयो पेट्रोल-डिजेलको भाउ, नेपालमा के होला ?

PRIME CA
GLOBAL IME BANK

भारतबाट घटेर आयो पेट्रोल-डिजेलको भाउ, नेपालमा के होला ?

४ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसीले) पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य केही घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेलमा ६ रुपैयाँ ४० पैसा घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले हरेक १५–१५ दिनमा नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्छ । सोही अनुसार अघिल्लो पटक इन्धनको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको आईओसीले यसपटक भने इन्धनको मूल्य घटाएको छ ।

भातरबाट मूल्य घटेर आए पनि नेपालमा भने मूल्य समायोजन गर्नेबारे निगमले कुनै पनि जानकारी दिएको छैन । तर, यसअघि मूल्य बढेर आएसँगै निगमले पेट्रोल र डिजेलको मूल्य ३ रुपैयाँले बढाएको थियो । हाल निगमले सरकारलाई ७ अर्ब र आईओसीलाई करिब ११ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: