Skip to content
LAXMI SUNRISE BANK

अव फोन पे एपबाट बिना इन्टरनेट अफलाइनमार्फत भुक्तानी गर्न सकिने

अर्थ सरोकार

काठमाडौं । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट-अफलाइनमार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको विशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘क्वीआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्दछु । फोन पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्याससलेस अर्थतन्ध बनाउने अभियानलाई पनि साकार पार्न मद्धत गर्नेछ ।’

‘फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तिय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ फोन पेका सिईओ दिवश सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने । फोन पेले सार्वजनिक गरेका नविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ ।

फोन पेले विगत ३ वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको जनाएको छ । फोन पेमा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरु जोडिएका छन् भने ११ लाख भन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK