×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म´र्नु अघि बीमा कम्पनीमा प्रेमले फोन गरेर यस्तो भनेछन्, सीईओसँग-EXCLUSIVE कुराकानी… (भिडियो रिपोर्ट)

काठमाडौं । प्रेम प्रसाद आचार्य । देशमा केहि गर्न खोज्दाखोज्दै देशभित्रकै लुटेरा हरुका कारण केहि गर्न सकिन भन्दै संसद भवन अगाडी आफैंल्याई सिध्याएको एक होनहार युवाको पीडाले यतिबेला देश दुखिरहेको छ । उनको निधनले जति राज्यलाई दोष देखाईरहेको छ, उनको निधनले जति सबैको मन पोलिरहेको छ, उनको निधनले जति हामी र हामी देशबासी, विदेशमा बस्ने नेपाली शोकाकुल छौं, त्यहाँभन्दा बढी हामीलाई उनको निधनको कारक बनेकाहरुको कामले दुखेको छ । प्रेमप्रसाद त सबै कुरा लेखेर मरे, तर बोल्न नसकेका कयौं अरुहरुलाई पनि त्यहि भाटभटेनी, त्यहि बिग मार्ट, र त्यहि सन नेपाल लाइफ इन्स्योरेन्सहरुले ठगिरहेका होलान् ।

प्रेम आचार्यले मर्नुअघि नोटमा सन नेपाललाइफले जवर्जस्ती बीमा गराएको, र सो कम्पनी लुटाहा कम्पनी भएको पीडा पोखेका छन् । र यतिबेला आचार्यको सोहि नोटका कारण बीमा क्षेत्र त बदनाम भएको छ नै, सन नेपालजस्ता कम्पनीको बदमासी पनि बाहिर आएको छ । नाममै विवाद, काममै विवाद । विवादै विवादको अर्को नाम जस्तै बनेको सन नेपाल लाइफ इन्स्योरेन्स आचार्यको नमिठो निर्णयका अनेक कारणहरुमध्ये एक बन्यो । आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले जवर्जस्ती १ करोडको बीमा गरेको बताएका थिए । तर बीमा कम्पनीले भने आफुकहाँ आचार्यले ५० लाखको मात्र बीमा गराएको भनिरहेको छ । यहाँ पनि आचार्यले भनेजस्तै १ करोडको भनेर झुक्काएर ५० लाखको बीमा गराईयो वा बीमा नै ५० लाखको थियो भन्ने तथ्य अझैसम्म रहस्यको गर्भ मै छ । तर कम्पनी भन्छ-आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए ।

बिर्तामोड झापा शाखाका रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरु जसले बीमा गर्दिन भन्दा भन्दै जबरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख असुलेको आरोप छ आचार्यको । तर कम्पनी भने आचार्यको राम्रो स्थिति हुँदा बीमा गरिएको र आफ्ना कर्मचारीले त्यसो नगरेको दाबी गर्छ । विवादै विवादमा तानिएको कम्पनीको कुरा पत्याउन त गाह्रो छ, तर उसको दाबी यस्तै छ । सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओका अनुसार नेपालको प्रचलित कानुनमा बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आफैंलाई मारेमा बीमाको दाबी भुक्तानी पाइदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले आचार्यले दाबी भुक्तानी पाउने कम्पनीका सीइओ राजकुमार अर्यालको भनाई छ ।

सन नेपाल लाइफका सीइओ राजकुमार अर्यालका अनुसार प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभन्दा ठिक अघिल्लो दिन कम्पनीमा फोन गरेर ‘बीमा गरेपछि मैले सुसाइड गरें भने दाबी भुक्तानी पाइन्छ ?’ भनेर सोधेका थिए । जवाफमा त्यहाँका कर्मचारीले प्रचलित कानुन अनुसार २ बर्षपछि जे कारणले जो मरे पनि भुक्तानी पाइन्छ भनेका थिए । त्यसको ठिक भोलिपल्ट आचार्यले आफुलाई सिध्याए । तर के यो आफैं पनि उनलाई आत्मदाह गर्नेगरी दुरुत्साहन भएन र रु भन्ने प्रश्न पनि उठेको छ । यद्यपी कम्पनीका सीइओ भन्छन्- यो आफैंमा नीतिगत प्रश्न हो । यस विषयमा बीमा समितिले पनि सोच्नुपर्छ ।

प्रेम प्रसाद आचार्यले बीमा गर्दा १ करोडकै बीमा गरिएको सुनाउथे अरुलाई । अहिले उनको बीमा ५० लाखको मात्र हो भनिएको छ । कम्पनीका अनुसार आचार्यले मनिव्याक पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने थिए र सोहि अनुसार उनले २ पटक गरी ५ लाख रुपैयाँ फिर्ता लिईसकेका छन् । तर आचार्यले लुटेरा भनेको कम्पनीका सीइओका सबै कुरा पत्याउन लायक छैनन् । त्यसैले पनि उनको केसमा के भएको हो भन्ने तथ्य समबन्धित निकायले छानविन गर्न जरुरी छ ।

कम्पनीका अनुसार कम्पनीले विर्तामोड शाखाबाट पोलिसी फाइल मगाएको छ । आचार्यले मर्नु अघि उनका साथीहरुलाई भने अनुसार उनलाई १ करोड रुपैयाँको बीमा गराइएको थियो । त्यो पनि जवर्जस्ती । तर अहिले कम्पनीले ५० लाख रुपैयाँको बीमा भएको र त्यसमा पनि उनले ५ लाख फिर्ता लगिसकेकाले ४५ लाख र त्यसमा पनि करकट्टी गरेर मात्र बीमा रकम पाउने स्थिति छ । आखिर कानुनको ९ सिङ भनेको यहि भएर पनि होला । नक्कली कागजका अधारमा बीमा रकम भुक्तानी दिने यो देशमा १ करोडको भनेर बीमा गराइएका आचार्यले मुस्किलले बोनसपछि ५० लाख पनि पूरा नपाउने भए ।

कम्पनीका अनुसार आचार्यले तेश्रो बर्षको बीमा शुल्क नबुझाएकाले कम्पनीले दाबी भुक्तानी गर्दा तेस्रो वर्षको बीमा शुल्क घटाउनेछ । त्यसपछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनस जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ । व्यापारमा भावना हुँदैन भनेझैं विश्वभरबाट आचार्यलाई सहयोग आईरहेका बेला सन नेपाल लाइफ इन्स्योरेन्स भने जसरी हुन्छ कम दाबी भुक्तानी दिन लागि परेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ साप, प्रेम आचार्यले भनेझैं तपाईंका कर्मचारीले जवर्जस्ती गरेर उनको बीमा गराएका हुन् भने तपाईंहरुले बेइमानीको व्यापार गरिरहनुभएको छ । र मरेपछि पनि अनेक निहुँमा कम भुक्तानी दिन खोजिरहनुभएको छ भने त्यो त झन् बेइमानीको पनि पराकाष्टा हुनेछ । सक्नुहुन्छ, आचार्यको परिवारलाई आफ्नै खल्तीबाट भए पनि २-३ लाख थपेर दिनुस्, होइन भने यस्तो पीडीत मान्छेको जवर्जस्ती गरिएको बीमाबाट पनि उनको भाग नाखोस्नुहोस । पाप धर्मबारे पनि थोरै भए पनि ख्याल गर्नुहोस् । भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: