×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साना किसान लघुवित्तको नाफामा ३४ प्रतिशतको बढोत्तरी, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ३४ प्रतिशत वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा ३४.३३ प्रतिशत वृद्धि भएको जनाएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको समिक्षा अवधिमा ३२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, हाल भने लघुवित्तको सो नाफामा वृद्धि भएर ४३ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तले १ अर्ब ४४ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने सोही अवधिमा ४ करोड ३३ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ३७.४४ प्रतिशत बढेर ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने लघुवित्तको सञ्चालन मुनाफामा पनि ३४.३९ प्रतिशतले वृद्धि भएर ६२ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: